सरकारविरुद्ध थप कार्यक्रम र आन्तरिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
२०७५ माघ २३ गते

सरकारविरुद्ध थप कार्यक्रम र आन्तरिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । उपसभापति विमलेन्द्र निधिले सरकारी कदमको विरोध कुन शैलीमा अघि बढाउने भन्नेबारे छलफल हुने बताए ।
बैठकमा पुसमा सम्पन्न महासमितिले पारित गरेको पार्टी विधान, राजनीतिक र आर्थिक प्रस्ताव परिमार्जनसहित टुंग्याउने विषयमा पनि छलफलको तयारी छ ।
महासमिति बैठकले पार्टी विधान, राजनीतिक तथा आर्थिक प्रस्ताव केन्द्रीय कार्यसमितिबाट परिमार्जनसहित जारी गर्ने गरी सर्वसम्मतिले पारित गरेको थियो ।
null
बैठकले नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने या अधिवेशनका लागि थप समय दिने भन्ने निर्णय पनि लिने निधिले बताए ।
नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिले थपिएको ५ महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि पार्टीले केही दिनअघिबाट कामचलाउ हैसियतमा सीमित गरेको छ ।
२०७५ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








