मुटुमाथि ढुङ्गा राखि भन्नु पर्या छ, जिन्दगीकै गलत काम गरेंः राजनारायण पाठक

फागुन ३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफुले नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन घूस लिएको स्विकार गरेका छन् ।  

आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा दिएपछि सार्वजनिक भएको भिडियोमा आयुक्त पाठकले कलेजको विवाद मिलाइदिन भन्दै ७८ लाख घूस खाएको जिवनकै ठूलो भूल भएको स्विकारेका छन् ।  

सार्वजनिक भएको भिडियोमा आयुक्त पाठकले मुटु माथि ढुङ्गा राखि हास्नु पर्या छ भन्दै ‘जिन्दगीकै गलत काम गरेको’ बताएका छन् । 

null

नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक हरुविचको विवाद मिलाउन र अख्तियारमा परेको उजुरी तामेलीमा राख्न भन्दै आयुक्तले लम्बोदर न्यौपाने पक्षको टीमबाट दुई पटक गरी ७८ लाख घूस खाएका थिए ।  

लामो समयसम्म मुद्दा तामेलीमा नराखेपछि न्यौपाने पक्षधरले पाठकलाई घूसको रकम फिर्ता माग्दै आएका थिए ।  

हेर्नुहोस भिडियो (भिडियो स्रोतः नेपाल खबर) 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eight =