नेशनल माइक्रोफाइनान्सकाे शाखा उद्घाटन

फागुन ३, मसुरिया । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ४२ औ शाखा कार्यालय गौरीगंगा नगरपालिका वडा नं ८ साझा बजारमा उद्धघाटन गरिएको छ । 

२०७५ असोज महिनाबाट संचालनमा आएको शाखा मार्फत ३२५ जना महिलाहरुले सेवा लिएकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले जानकारी दिए । 

धादिङबेसी, धादिङमा केन्द्रीय कार्यालय रहेको संस्थाले ३७ वटा जिल्लाहरूमा सेवा विस्तार गरि महिला समुहमा १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिदै यादवले भने संस्था स्थापनाको ५ बर्षको समयमा १ अर्ब रुपैयाँ बचत संकलन गरी सकेको र ३ अर्ब रुपैयाँ कर्जा असुली गर्न बाँकी रहेको जानकारी दिएका थिए । 

null

मसुरिया शाखा मार्फत ४२ लाखको कर्जा प्रवाह गरेको छ भने ८ लाख रुपैयाँ बचत संकलन गरी सकेको शाखा प्रमुख अञ्चल चौधरीले बताए । ग्रामीण क्षेत्रका महिलाको जिवनस्तर सुधार गर्न तथा गरिबी निवारणको सारथी बन्न इमान्दारिता र विश्वासको कार्यक्रम अन्तर्गत लघुवित्त कार्यक्रमले महिलाहरुको आथिर्क जिविकोपार्जनमा सुधार गर्नु रहेको सो अवसरमा जानकारी दिइएको थियो । 

मसुरिया शाखामा आवद्ध सदस्य सुमन कुमारी चौधरीको अध्यक्षतामा भएको उद्घाटन मसुरिया बजार व्यवस्थापन समिति सचिव घनश्याम पौडेल, कार्यक्रममा ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायव निरीक्षक गोपाल कार्की, महालक्ष्मी विकास बैंक मसुरिया शाखा प्रवन्धक पदम बहादुर कठायत, शिवालिक आधारभुत विद्यालयका प्रधानाध्यापक खगेन्द्र खाती लगायतको उपस्थिति रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *