थानकोट नागढुगांबाट लागुऔषध सहित तिनजना पक्राउ

फागुन ४, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागंढुगाले लागुऔषध सहित तिन जनालाई पक्राउ गरेको छ । राजधानीको मुख्य नाका नागढुंगामा छुट्टाछुट्टै चेक जाँच गर्ने क्रममा लागुऔषध सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले विरगंजबाट काठमाडौं तर्फ आउँदै गरेको ना ५ ख २९७ नम्बरको यात्रुवाहक बस चेक जाँच गर्दा बसमा सवार ललितपुर महानगरपालिका वडा नं. २६ बस्ने वर्ष १८ को साजन थापाबाट खैरो हेरोईन ३ (तिन) ग्राम फेला परेको बताए ।  

सोही वसमा सवार ललितपुर गोदावरी नगरपालिका वडा नं. १३ घर हुने वर्ष १८ को बिनोद खड्गीको साथबाट लागु औषध नाईट्राभेट ३७ ट्यावलेट फेला परेको छ । 

null

त्यस्तै महानगरीय प्रहरी प्रभाग नागढुगांका प्रमुख ज्ञानबहादुर खड्काकै नेतृत्वको टोलीले चेक जाँचकै क्रममा हेटौडा तर्फबाट काठमाडौं तर्फ आउँदै गरेको ना ४ ख ७४३५ नम्बरको को यात्रुबाहक बस चेक जाँच गर्ने क्रममा सोही जिल्ला काठमाडौं नागार्जुन नगरपालिका वडा नं. ९ घर हुुने वर्ष ३३ को सुन्दर खडकाको साथबाट लागुऔषध फेनारगन १७ एम्पल नर्फिन १७ एम्पल र डाईजेपाम १७ एम्पल फेला परेको छ ।  

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले पक्राउ गरेका तीनै जनालाई लागुऔषध ऐन अन्तर्गत मुद्धा चलाईने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *