रुद्र–राम प्रतिष्ठानका अध्यक्षले आफ्नो बैवाहिक वर्षगाँठमा जेष्ठ नागरीकलाई सम्मान गर्ने

माघ २९, धरान । रुद्र–राम स्मृति प्रतिष्ठानका संरक्षक र अध्यक्षले आफ्नो २५ औँ बैवाहिक वर्षगाँठ समाज सेवामा सर्मपित हुँदै मनाउने भएका छन् । 

प्रतिष्ठानद्धारा आयोजित पत्रकार सम्मेलनमा आउँदो फागुन २ गते बैवाहिक वर्षगाँठ मनाउनुका साथै सोही दिन रुद्र–राम स्मृति प्रतिष्ठानले औपचारिकता पाउने प्रतिष्ठानका संरक्षक बिश्वबन्धु ताम्रकारले जानकारी दिए । 

जसका लागी प्रतिष्ठानले १५ लाख रुपैयाँको अक्षय कोष समेत स्थापना गरेको र ती अक्षय कोषको आय स्रोतबाट हरेक महिना सामाजिक सेवामा सर्मपित रहने जनाएको छ । यसै शिलशिलामा गत माघ ७ गते प्रतिष्ठानले सुनसरीको पकली स्थित रामजानकी बृद्धा आश्रमका वृद्धवृद्धाहरुलाई आवश्यक प्रदान गरेको थियो । 

null

प्रतिष्ठानका अध्यक्ष सुलोचना ताम्रकारका अनुसार सो प्रतिष्ठानले विपतिमा परेका पीडित महिला, बालबालिको रक्षा गर्ने तथा सम्मान गर्नेछ । समाजमा आइपरेका जस्तोसुकै परिस्थितिमा आवश्यक पर्ने सबै किसिमका सेवामुलक कार्य गर्न तत्पर रहने प्रतिष्ठानले जनाइएको छ । त्यस्तै रुद्र–राम स्मृति प्रतिष्ठानले फागुन २ गते आफ्ना संरक्षक तथा अध्यक्ष ताम्रकारको २५ औँ वर्षगाँठमा जेष्ठ नागरीकलाई सम्मान गर्नुका साथै तीनै प्रतिष्ठानका बुवा रुद्र ताम्रकारको जीवनीमा आधारीत रुद्र दईया नामक पुस्तक समेत सार्वजनिक गर्ने जानकारी दिइएको छ । जुन पुस्तक स्वर्गीय रुद्र ताम्रकारका आफ्नै सहोदर भाई नेपाल भाषविद् तथा संस्कृत विद् काशीनाथ टमोटकोे लिखित पुराना दस्ताबेज रहेको छ । 

धरान–१३ स्थित धरान बैंक्वेट लक्ष्मी चोकमा हुने कार्यक्रममा करिब ५ सयको संख्यामा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने आयोजक रुद्र–राम स्मृति प्रतिष्ठानले जनाएको छ । 

उक्त प्रतिष्ठान ताम्रकारद्धयका बुबा र ससुराका नामबाट स्थापना गरिएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =