भरतपुर शहर दुर्गन्धित बन्दै, फोहोरमैला व्यवस्था ऐन २०६८ कार्यान्वयन भएनन् 

चितवन , ५ फागुन । भरतपुर महानगरपालिकाले सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउने सम्बन्धमा फोहोरमैला व्यवस्था ऐन २०६८ को प्रावधान अनुसार जथाभावी फोहोर फाल्नेलाई ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने र फोहोर फालेको बारेमा सही सूचना दिनेलाई जरिवाना रकमको २५ प्रतिशत पुरस्कार दिने निर्णय गर्‍यो । 

 

तर, त्यो व्यवहाहारिकरूपमा कार्यान्वयन भएको छैनन् । कार्यपालिकाको गत मंसिर ७ गते बसेको बैठकले यस्तो फैसला गरेपनि बैैठक बसेको ३ महिना बितिसक्दा समेत महानगरमा फोहोरको अवस्था अझै ज्युँको त्युँ नै छ । विश्व सरसफाइ दिवस मनाउने सन्दर्भमा भरतपुर महानगरपालिकाकी प्रमुख मेेेयर रेनु दाहालले महानगरलाई स्वच्छ, हराभरा र सुन्दर बनाउने प्रतिबद्धता गरेकी थिइन् । तर, महानगरको फोहोर र उनको प्रतिबद्धता अनुसारको काममा धेरै भिन्नता भएको पाइएको छ । 

null

मेयर दाहालले महानगरलाई स्वच्छ र हरियाली बनाउने भनिरहदा महानगरको चौबीसकोठी देखी रिजाल चोकसम्मको सडकमा भने, अत्याधिक फोहोरको थुप्रोले दुर्गन्धित भएको स्थानीयबासीको गुनासो छ । कार्यपालिकाको गत मंंसिरमा बसेको बैठक अनुसार फोहोर फाल्नेलाई दण्डको सजाय ब्यावस्था गरिए पनि त्यस्को कुनै कार्यान्वयन नभएको सरसफाइ अभियानकर्ताहरुको गुनासो छ । महानगरले नियम त ल्याउने तर, त्यस्को अनुगमन नहुने कार्यान्वयन समेत गर्न आलटाल गर्ने परिपाटीले महानगर दुर्गन्धित बन्दै गएको गुनासो उनीहरुको छ । 

महानगरभित्र रहेका असीमित फोहोरको उचित व्यावस्थापन गर्न सक्यो भने मात्रै स्वच्छ र हराभरा भरतपुर हुने भनाइ उनीहरुको छ । सार्वजनिक स्थलहरुमा हुने फोहोरलाई व्यावस्थापन गर्न भन्दै महानगरले कडा नियम बनाएको भए पनि औंलामा गन्न सकिने ब्यक्ति मात्रै कार्वाही गरेर आफ्नु जिम्मेवारीबाट पन्छिन खोजेको स्पष्ट देख्न सकिन्छ । ‘फोहोरमैला व्यवस्थापनका बारेमा महानगर धेरै कडा बन्दै गएको, र ‘फोहोर व्यवस्थापनमा सहयोग गर्नेलाई पुरस्कार र असहयोग गर्नेलाई कार्वाही  हुने महानगर प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीको यो भनाइ अहिले बोलीमा मात्रै सिमित छ । 

हाल भरतपुर महानगरपालिकामा ५० देखी ६० टन सम्म फोहोर हुँदै आएको छ । फोहोरको उचित व्यावस्थापन हुन नसक्दा महानगरपालिकाको सौन्दर्य खस्किएको छ नै यहाँको चौबीसकोठी र रिजालचोक डम्पिङ साइटमै परिणत भएको छ । जसतर्फ महानगरले समयमै ध्यान दिनु अत्ति आवश्यक देखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *