कामदार लैजाने विषयमा छलफल गर्न जापानबाट प्राविधिक समुह नेपाल आउने

 

काठमाडौं – नेपाली कामदार लैजाने विषयमा छलफल गर्न जापानबाट प्राविधिक समुह नेपाल आउने भएको छ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग सोमबार भएको भेटमा नेपालका लागि जापानी राजदूत एच इ मासामिची साइगोले यसबारे जानकारी गराएका हुन्।  

भेटमा मन्त्री विष्ट र राजदूत साइगोबीच पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट नेपाली कामदार लैजाने विषयमा छलफल भएको छ । यसको लागि जापान सरकार सकारात्मक रहेको बताउँदै राजदूत साइगोले छलफलका लागि प्रविधिक टोली नेपाल आउने बताए।  

null

भेटमा श्रम मन्त्री विष्टले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रक्रियालाई परदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए । 

पारदर्शी रुपमा कामदारको सीप, क्षमता र दक्षताको आधारमा छनौट हुनुपर्ने भन्दै मन्त्री विष्टले कामदार जापान जाँदा कुनै मध्यस्थता वा बिचौलियाबाट ठगी नहोस् भन्ने विषयमा आफू सजग रहेको पनि बताए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *