त्रिपुरेश्वर घटनाबारे प्रहरी भन्छ- ह्वील लक लगाइदिएकै कारण घटना नभएको हुनुपर्ने हो, अनुसन्धान गर्दैछौं

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अवस्था चिन्ताजनक छ । आत्मदाह प्रयासपछि शरीर जलेका नेपाली अस्पतालको शय्यामा छन् ।

घटना काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि भएको हो । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार मुगुको सोरु गाउँपालिका-१ घर भई भक्तपुर बस्दै आएका नेपालीले बिहान साढे ११ बजेतिर सो कार्यालयको गेट अगाडि मोटरसाइकल पार्किङ गरेका थिए ।

केहीबेरमै नगरप्रहरीको टोलीले मोटरसाइकलमा ह्वीललक लगाइदिएको थियो । मोटरसाइकलमा ह्वील लक लगाइदिएकै कारण आक्रोशमा आएर आत्मदाह प्रयास गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

तर, यो घटनामा आफूहरू जिम्मेवार नरहेको महानगर प्रहरीले बताएको छ । त्यति कारणले मात्रै घटना नहुनुपर्ने भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =