धोबीखोलामा हाम फालेकी महिला मृत फेला

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी महिला मृत अवस्थामा फेला परेकी छन् । बिहीबार अपराह्न ४ बजेतिर कालोपुल र रातोपुलबीचको धोबीखोलामा अन्दाजी ३५ वर्ष वर्षिय महिलाले हामफालेकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी बल्खु कुमारी क्लबभन्दा तल खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।

उनको परिचय खुल्न भने बाँकी छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =