हेर्दै जाम, यो शान्त ज्वालामुखीले क-कस्लाई खरानी बनाउछ- रास्वपा सांसद पुकार बम

काठमाडौं । रास्वपा सांसद पुकार बमले धैर्यताको परिक्षा नलिन चेतावनी दिएका छन् । आज एक स्टाटस लेख्दै उनले शान्त ज्वालामुखीले क-कस्लाई खरानी बनाउछ हेर्दै जान आग्रह गरेका छन् ।
उनले अनावश्यक चलाउन, केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्न भनेका छन् । उनले भनो छन्- ‘हेर्दै जाम, यो शान्त ज्वालामुखीले क-कस्लाई खरानी बनाउछ । अनावश्यक चलाउन, केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परिक्षा लिने कुचेष्टा नगरेकै राम्रो ।’
उनले सन् २००४ देखि २२ वर्षको सामाजिक तथा राजनीतिक सङ्घर्षपूर्ण जीवनमा आफूले हार्न, सकिन र गुमाउन बाँकी केही नरहेको उल्लेख गरेका छन् । साथै उनले देश र नागरिकका लागि मर्न तयार रहेको बताउँदै आफूलाई ‘पुराना शासकबाट लगभग मारिसकिएको एक सत्याग्रही’ भएको पनि उल्लेख गरेका छन् ।
उनले भनेका छन्- ‘सन २००४ देखिनको सङ्घर्षपुर्ण २२ वर्षको सामाजिक राजनैतिक जिवनबाट हार्न, सक्किन र गुमाउन बाँकी केही नभएको, देश र नागरिकका लागि मर्न तयार र पुराना शासकबाट लगभग मारी सकिएको एक सत्याग्रही हो पुकार बम ।’








