गणेशका दाईले भने-मेरो भाईलाई बचाउन उपचारमा सहयोग गरिदिनुहोस्
२०८३ असार २५ गते

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीका दाईले आफ्ना भाइको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।
आज एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नो आर्थिक अवस्था निक्कै कमजोर रहेका कारण आफ्नो भाईलाई बचाउन उपचारमा सक्दो सहयोग गर्न सबैमा अनुरोध गरेका हुन् ।
आफूसँग जम्मा ८० रुपैयाँ मात्रै रहेको भन्दै उनले सबैलाई सहयोगको अपिल गरे । उनले गणेशले महानगरिय ट्राफिक प्रहरीका कारण नै आफूले यो प्रयास गरेको बताएको उनले बताएका छन् । उनले भने, ‘मेरो भाईले दुई चार शब्द मात्रै बोल्यो । दाजु मम्मीबाबालाई राम्रो गर्नु । मैले यो सबै गरेको महानगर ट्राफिकले गर्दा हो ।’
२०८३ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








