निलम्बित सांसद रेशम चौधरी अब थुनामै रहने

पुस २३, काठमाडौँ । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रुपमा गत बिहीबार सपथ लिएका रेशम चौधरी थुनामै रहने भएका छन् ।
सर्वोच्च अदालते कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते एक बालकसहित सात प्रहरीको हत्या भएको घटनाको मुद्दामा जेल सजाय भोगिरहेका चौधरीलाई रिहा गर्न अस्वीकार गरेसँगै उनी जेलमै रहने भएका हुन् ।
null
कर्तव्य ज्यान मुद्दामा पुर्पुक्षका लागि थुनामा राख्न जिल्ला अदालत कैलालीले आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध चौधरी गत असारमा सर्वोच्च पुगेका थिए। सर्वोच्चका न्यायधीश इश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेको छ ।
सर्वोच्चले चौधरी उपर प्रहरी नायब निरीक्षक मानबहादुर बोहरालगायत ८ जनाले ज्यानसम्बन्धी मुद्दामा किटान गरी पोल गरेको, सहअभियुक्तहरुले चौधरीको निर्देशनमा घटनामा संलग्न भएको भनी बयान दिएको, चौधरीको कल डिटेल हेर्दा घटनास्थल भन्दा टाढा रहेको नदेखिएकोले कसुर गरेको भन्दै सर्वोच्चले दोषी ठहर गरेको हो ।
टिकारपुर घटनापछि लामो समय फरार रही आत्मसर्मपण गरेका चौधरीलाई पुस १९ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उनलाई सपथ गराएका थिए ।








