वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर
२०७५ पुस २० गते

पुस २०, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी भएका छन् ।
वन माहुरीले टोक्दा बजराहीका ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय मोहन साह, १४ वर्षीय अहमद अन्सारी र १३ वर्षीय सागिर राइन गिम्भीर बिरामी भएको स्थानीयवासी महेन्द्र साहले बताए ।
null
चारै जनाको उपचार जिल्ला अस्पताल जनकपुरमा भइरहेको छ । शलतियादेवीको अवस्था गम्भीर रहेको उनका पति मुसाफिर साहले जानकारी दिए ।
बिहीबार साँझ घाँसपात लिन घरबाट ५०० मिटर दुरीमा रहेको बगैंँचामा गएको बेला अचानक वन माहुरीको गोलाले आक्रमण गरी चारै जनालाई जीउभरि टोकेर गम्भीर बनाएको थियो ।
२०७५ पुस २० गते
प्रतिक्रिया








