‘मलाई तर्क र बहसमा रुची छैन, केवल मुलुकको विकास गर्नुछ’

 

पुस २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने भन्दा अरु कुनै स्वार्थ नभएको बताएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधामन्त्री ओलीले बलिदानपूर्ण लामो संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गरेर आर्थिक प्रगतिको बाटोमा अगाडी बढ्ने अहिलेको कार्यभार रहेको बताए । 

null

‘समृद्धिका लागि सुशासन र विकासको महाअभियान आवश्यक छ । त्यही महाअभियानमा वर्तमान सरकार जुटेको छ,’ प्रधानमन्त्रीले भने, ‘हामी अहिले आर्थिक वर्षको सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षामा जुटेका छौँ ।’ 

बैठकलाई सम्बोधन गर्दै उनले सरकारको दश महिने कार्यकालको पनि समिक्षामा जुटेको जानकारी दिए । ‘हामी यस अवधिको पनि समिक्षा गर्दैछौँ । सरकार आफ्नो काममा सफल वा असफल कामकै कारणले हुने हो । के हुँदा सफल भएको ठान्ने, के हुँदा असफल ठान्ने’, उनले भने । 

‘समृद्ध नेपाल सुखी नेपाली सपना मैंले देखेँ, हामी सबैले देख्यौँ, हामीले त्यो सपना देखेर कुनै गल्ती गरेनौँ । अपराध गरेनौँ । सत्ता सञ्चालनको जिम्मा पाएकोले देखेको त्यही भिजन लागु गर्ने प्रयत्न गर्नु नै मेरो र मैँले नेतृत्व गरेको सरकारको पनि कर्तव्य हो ।’ प्रधानमन्त्रीले भने, ‘अहिले सरकारले त्यही काम गरिरहेको छ । राज्यलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने भन्दा अरु हाम्रो स्वार्थ छैन र हुनु पनि हुँदैन ।’ 

उनले पछिल्लो अवधिमा आफूले केही अनौठा व्यवहारको अनुभूति गरेको चर्चा गरे । उनले विपक्षीले उठाएका प्रश्नको जवाफ दिँदा बढी बोल्ने गरेको र जवाफ नदिँदा किन मौन भन्ने प्रश्नको आफूले सामना गरिरेहको बताए। 

‘सरकार के गर्दैछ पत्तो भएन भन्ने प्रश्न उठाइयो । के गर्दैछ भन्ने जवाफ दिन्छु । अनि फेरि जवाफ आउँछ प्रधानमन्त्री किन बोलेको । बोल्न नहुने रैछ क्यार भनेर चुप रहन्छु अनि फेरि प्रश्न उठाउँछन् खै जवाफ दिएको ’ उनले भने, ‘केही गर्न खोजिन्छ, सोधिन्छ, त्यो किन गरेको ? केही नगर्दा त प्रश्न उठ्ने नै भयो, खोइ काम गरेको ?’ 

उनले आफूलाई कुनै तर्क र बहसमा रुची नभएको बताए । ‘मलाई तर्क र बहसमा रुची छैन । गर्नु पनि छैन । गर्नु छ त केवल मुलुकको विकास । हामीले पनि नगर्ने हो भने कसले गर्ने ? आज राजतन्त्र छैन, गणतन्त्र छ । हामीले रोजेको संघीय प्रणाली छ । हामीले नै विकास गर्ने हो’ प्रम ओलीले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =