दुहवीमा सिँचाईको नहरमा डुवेर एकको मृत्यु

२०७५ माघ ३ गते

माघ ३, दुहवी । सुनसरीको दुहबीमा मोटरसाईकल सहित डुबेको अवस्थामा शव फेला परेको छ । दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित गढी गाँउपालिका ५ का ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दुहवीका अनुसार को ३३ प २१९४ नम्बरको बाईक सहित पानीमा डुबेको अवस्थामा माथिबाट मोटरसाईकलले थिचेको अवस्थामा खाँको शव फेला परेको हो । भेटिएको शव रातीको समयमा मापसे गरी अनियन्त्रित दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
null
प्रहरीको प्रारम्भिक अनुसन्धानले मोटरसाईकल दुर्घटना भएर नहरमा पसेपछि मृतकको टाउको तल परेर माथिबाट मोटरसाईकलले थिचेपछि मृत्यु भएको छ ।

२०७५ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित