मोटरसाईकल अनियन्त्रित हुँदा एकको मृत्यु

२०७५ पुस २० गते

पुस २०, काठमाडौँ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका स्थित ज्यामिरे जङ्गलमा मोटसाइकल आफैँ अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लु ३० प २०६ नंको मोटरासाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिकाका ३५ वर्षीय विशाल गुरुङ रहेका छन् । दुर्घटनामा परी गम्भिर घाइते भएका गुरुङको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

२०७५ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित