डा. गोविन्द केसीको स्वास्थ्यमा थप जटिलता, नाइटभिजनमा काठमाडौं ल्याईँदै

इलाममा नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा थप जटिलता आएपछि उनलाई आज राति नै काठमाडौं लैजाने तयारी भएकोे छ । 

अनशनस्थलमा रहेका राजु केसीका अनुसार डा केसीलाई सेनाको एमआई १७ हेलिकप्टरमार्फत काठमाडौं लगिने भएको हो  । उनका अनुसार डा. केसीलाई झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट  हेलिकप्टरमा काठमाडौं लगिने छ । 

डा केसीलाई लिएर एम्बुलेन्स भद्रपुरतर्फ प्रस्थान गरिसकेको छ ।  सेनाको एमआई १७ मा नाइटभिजन सुविधा भए पनि इलाममा अवतरण गर्न नसक्ने भएका कारण डा केसीलाई ९६ किलोमिटर परको भद्रपुर विमानस्थलतर्फ लगिएको हो ।  

null

डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा. केसीको मुटुको चाल अनियमित हुनुका साथै अन्य समस्या पनि देखिएको छ । 

डा. केसीका समर्थक अभियन्ता र चिकित्सकहरुको सल्लाहमा उनलाई काठमाडौं ल्याउन लागिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *