कालिकोटका आगलागी पिडितलाई राहत वितरण गर्न टोली प्रस्थान

 

पुस २२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को विद्यार्थी संगठन र अर्विट इन्टरनेशनलले कालिकोट जिल्ला पलाता गाउपालिका वडा नं. १ मा भएको आगलागी बाट पिडित परिवार लाई राहत वितरण गर्न त्यस तर्फ गएको छ ।  

आज संकलित राहत सहित निःशुल्क स्वास्थ्य परीक्षणको टोली सहित सो क्षेत्रमा राहत वितरण गर्न टोली प्रस्थान गरेको हो ।  

null

दुई साता अघि भएको भिषण आगालगीमा सो क्षेत्रका ३२ घर जलेर पूर्ण नष्ट भएका थिए । आगलागी पिडित परिवारलाई राहत दिन तथा उनीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्न राप्रपा प्रजातान्त्रिक विद्यार्थी संगठनले राजधानीमा एक साता बढि राहत संकलन गरेको राप्रपा प्रजातान्त्रिक विद्यार्थी संगठनका बरिष्ठ उपाध्यक्ष निराजन बमले बताए ।  

उनले विद्यार्थी संगठन र अर्विट इन्टरनेशनलको सहकार्यमा संकलित १ सय १२ थान ब्ल्याङकेट, महिलाहरुका लागि संकलित करिब १५० थान साडी, त्रिपाल सहित चिकित्सकको टोली खाँडा गाउँ तर्फ प्रस्थान गरेको बताए । ‘कालिकोटको पलाता गाउँपालिका अत्यन्त दुर्गम क्षेत्र हो, आगलागी भएको खबर पाएपछि चुप लागेर बस्न सकेनौं ।’ उनले भने–‘पार्टीका अध्यक्ष पशुपति शमसेर राणा र बरिष्ठ उपाध्यक्ष दीपक बोहराले समेत सहयोग गरेपछि अभियान नै सञ्चालन गरेका थियौं ।’  

राहत अभियानलाई राप्रपा प्रजातान्त्रिक झक्तपुरका कोषाध्यक्ष केशब प्रसाद अधिकारी, अर्विटका मेनेजर राधेश्याम मल्लले विशेष सहयोग पुर्याएका छन् । यसका अलावा राप्रपा युवा संगठनका संयोजक रविन्द्र प्रताप शाहले यातायातका साधन उपलब्ध गराएका छन् । भने, राहत अभियानमा विद्यार्थी संगठनका उपाध्यक्ष युवराज राना र महासचिव सानुकाजी बस्नेत लगायतले समेत सहयोग पुर्याएका छन् ।  

 

कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटको पलाता गाउँपालिकाको वार्ड नं १ खाडा गाउँ दुर्गम क्षेत्र हो । आगलागी भएको स्थलमा अधिकांश घरहरु फुसले छाएका थिए ।  

घटनास्थल कालिकोटको सदरमुकाम मान्मबाट २१ कोश टाढा बाजुरानजिक पर्दछ । साथै गाउँबाट नजिकको प्रहरीचौकी पुग्न पनि तीन चार घण्टाको पैदल दूरी छ । 

उक्त गाउँका अधिकांश युवाहरु रोजगारीका लागि भारत जाने गरेका छन् । युवाबिहिन गाउँमा महिला, वृद्ध–वृद्धा केटाकेटी मात्र रहेका कारण आगलागी नियन्त्रणमा समय लागेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *