जुम्लाका जनता हिउँ पर्दा खुशी

 

पुस २३, सिञ्जा । जुम्ला जिल्लाभरि हिमपात हुँदा जुम्ली जनता खुशी भएका छन् । हिउँ आउँदा बालीनाली र स्याउखेतीमा परिवर्तन हुने भनेर उनीहरु दङ्ग छ । हिमपात हुँदा अत्यधिक जाडो बढेको छ । यतिखेर नेपालकै सुन्दर र ठूलो ताल रारा घुम्न आउने पर्यटक हिउँसँगै रमाएका छन् । 

रारा घुम्न आएका कोहलपुर मदनचोकका सुरेन्द्रबहादुर शाही रारा ताल आउँदा आफू भाग्यमानी भएको ठान्छन् । आफ्नो यात्रा यतिखेर रमाइलो भएको बताउँदै उनले भने, “यात्राकै क्रममा हिउँ आउँदा सुनमा सुगन्ध भएको छ ।” हिजो रातिदेखि परेको हिउँ अहिलेसम्म आउने क्रम जारी नै छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =