दरबारमार्ग प्रहरीद्वारा रात्रिकालिन ब्यवसायको अनुगमन

माघ ४, काठमाडौं । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत दरबारमार्ग प्रहरी वृत्तले सो क्षेत्रका रात्रिकालिन ब्यवसायहरुमा अनुगमन गरेको छ ।
बुधबार साँझ वृत्तका प्रमुख डिएसपी दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले लदरबारमार्ग, ठमेल, लाजिम्पाट क्षेत्रका होटल, रेष्टुरेन्ट, डान्सबारको अनुगमन निरिक्षण गरिएको हो । निरिक्षणका क्रममा कतिपय डान्सबारमा काम गर्ने कामदारले ड्रेस नलगाएको, परिचयपत्र नलगाएको पाइएकोले उनीहरुलाई ड्रेस र परिचयपत्र लगाउन निर्देशन दिइएको थियो ।
null
अनुगमन टोलीले सो क्षेत्रमा सञ्चालित डान्सबार कानुन सम्मत दर्ता भएको नभएको, CCTV, Fire Exiting usher भए नभएको, बाल कामदार भएनभएको, किचनको सरसफाइ तथा शौचालय समेतको निरिक्षण गरेको दरबारमार्ग प्रहरीले जनाएको छ ।
अनुगमन कार्यमा अनुगमन समितिका संयोजक पवन बस्ताकोटी लगायत अनय पदाधिकारीको समेत सहभागिता रहेको थियो ।
सो क्षेत्रका डेढ दर्जन डान्सबार र रेष्टुरेन्ट अनुगमन गरिएको थियो । ‘ठमेल, दरबारमार्ग अन्तराष्ट्रिय पर्यटकीय हव भएकोले सो क्षेत्रमा कुनैपनि अवान्छित गतिविधि नहोस, पर्यटकले सुरक्षित महशुष गरुन र ब्यवसायीले पनि मर्यादित भएर ब्यवसाय गरुन भनेर नियमित अनुगमन गरिएको डीएसपी मल्लले बताए ।
उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले जनता र प्रहरीविच सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग पुर्याएको भन्दै आगामी दिनमा यो अभियानलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउने बताए ।








