सामाजिक सञ्जालबाट पुरस्कार पर्यो भन्दै ठग्ने ३ जना पक्राउ

 

पुस २०, काठमाडौँ । विभिन्न सामाजिक सञ्जाल, भाइबर, ह्वाट्स एपको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग वलम्वुले सामाजिक सञ्जालमार्फत् पुरस्कार परेको भन्दै देशका विभिन्न ठाउँबाट विभिन्न व्यक्तिहरूलाई प्रयोग गरी रकम जम्मा गर्न लगाएर ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको हो । 

null

’तपाईँहरूलाई ठूलो धनराशीको चिठ्ठा परेको छ’ भन्दै चिठ्ठाबापतको रकम प्राप्त गर्न, कर, बैंकिङ प्रक्रिया तथा सेवा शुल्क समेतको लागि केही रकम जम्मा गरे पश्चात् त्यो रकम प्राप्त गर्नु हुनेछ भनी रकम संकलन गर्नेहरुलाई पक्राउ गरिएको महानगरी प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरिक्षक खड्काले बताए । 

  

 

पक्राउ पर्नेमा खोटाङ अर्खौली–१० का इन्द्र पुरी, खोटाङ विजयखर्क नगरपालिका–१५ बस्ने ३३ वर्षीय लेख बहादुर खड्का, सोही जिल्ला मजुवागडी नगरपालिका ७ बस्ने २८ वर्षीय टिकाराम भुजेल रहेका छन् । 

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ५० हजार नेपाली रुपैयाँ, मोबाइलहरु बरामद गरेको छ । उनीहरुले देशका विभिन्न व्यक्तिहरूबाट लाखौं लाख रुपैयाँ ठगी गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =