गीतकार संघमा पुनः देवकोटा

 

पुस २३, काठमाडौँ । गीतकार संघ नेपालको शनिबार राजधानीमा सम्पन्न आठौँ साधारणसभाले चुडामणि देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

सभाले आगामी दुई वर्षका लागि एघार सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । देवकोटा पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् । 

null

संघको उपाध्यक्षमा शुभ मुकारुङ, महासचिवमा बसन्त बित्यासी थापा, सचिवमा सुशिला पौडेल र कोषाध्यक्षमा अमृतलाल सुनार देवकोटा चयन भएका छन् । 

कार्यसमिति सदस्यमा रमेशप्रसाद कोइराला, वसन्त थाम्सुहाङ, सुवास संगम राई, चन्द्रा चाम्लिङ, बालकुमार गुरुङ र जेबी घले चयन भएका छन् । नव निर्वाचित अध्यक्ष देवकोटाले गीतकारहरुको पेशागत हकहितका लागि आफ्नो नेतृत्वले प्रभावकारी काम गर्ने बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =