फरार अभियुक्त पक्राउ

पुस १९, लहान । ज्यान मार्ने उद्योग, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा फरार एक व्यक्तिलाई गए राति सिरहा प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित बन्दीपुरबाट विभिन्न मुद्दामा फरार रहेका धनुषाको सिंग्याही मडान–३ घर भएका ५७ वर्षीय रामेश्वर महतोलाई पक्राउ गरेको हो । 

पक्राउ परेका महतो ज्यान मार्ने उद्योग, सङ्गठित अपराध, विष्फोटक पदार्थ तथा डकैतीमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । महतोलाई आज सिरहा जिल्ला अदालतमा बुझाइने प्रहरी नायव उपरीक्षक खरेलले बताए । 

null

यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले गोलबजार नगरपालिका–६ स्थित भित्री सडकखण्डबाट अवैधरूपमा साइकलमा राखी ओसारपसार भइरहेको अवस्थामा नौ क्युबिक फिट सखुवा जातको काठ तथा काठ ओसारपसारमा प्रयोग भएको चार थान साइकल बरामद गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =