त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा खराबी, सबै उडान रोकियो
२०७५ पुस २४ गते

पुस २४, काठमाडौँ । मंगलबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि उडान प्रभावित भएको छ ।
भिसिसिएस उपकरणको एरिया र एप्रोचमा समस्या आएका कारण केही समयका लागि उडान रोकिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
null
बिग्रिएको उपकरणको मर्मत गर्ने काम भइरहेको र अवतरणमा भने कुनै समस्या नरहेको उनले बताए ।
काठमाडौं उपत्यकाभित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गरेतापनि बाहिरी क्षेत्रका लागि भने भीसीसीएस उपकरण आवश्यक हुन्छ । भीसीसीएस बिग्रिएको कारण एक घण्टा अगाडिदेखि उडान प्रभावित भएको छ ।
२०७५ पुस २४ गते
प्रतिक्रिया








