रेशम चौधरीको मुद्दा पेशी चढ्यो, पाउलान् त संसद भवन छिर्न ?

 

पुस २३, काठमाडौँ । सांसद रेशम चौधरीको मुद्दा सर्वोच्च अदालतमा पेशी चढेको छ । 

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रुपमा गत बिहीबार सपथ लिएका रेशम चौधरीको मुद्दाको सर्वोच्च अदालतमा पेशी चढेको हो । 

null

कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते एक बालकसहित सात प्रहरीको हत्या भएको थियो। सोही घटनाको मुद्दामा रेशम चौधरी जेल सजाय भोगिरहेका छन् । 

कर्तव्य ज्यान मुद्दामा जिल्लाको आदेशविरुद्ध चौधरी गत असारमा सर्वोच्च पुगेका थिए। न्यायधीश इश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीले सांसद चौधरीको पेसीको सुनुवाइ गरिरहेका छन्। 

अदालतको सुनुवाइबाट सांसद चौधरीलाई साधारण वा धरौटी तारिकमा रिहा गर्न आदेश दिएको खण्डमा उनी संसद छिर्न पाउने छन् । 

घटनाका मुख्य आरोपी सांसद चौधरी गत वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए।लगतै उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *