वाइडबडि खरिदमा मेरो कुनै भूमिका छैनः पर्यटनमन्त्री अधिकारी

पुस २३, काठमाडौँ । वाइडबडि प्रकरणमा भ्रष्टाचारको आरोप खेपिरहेका पर्यटनमन्त्री रविन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

मन्त्री अधिकारीले पत्रकार सम्मेलनमा बोल्दै वाइडबडि विमान खरिदमा आफ्नो नाम जोडेर बद्नाम गर्न खोजिएको दाबी गरे । 

लेखा समिति अन्तर्गतको उपसमितिले तयार गरेको प्रतिवेदनमा मन्त्री अधिकारीलाई पनि दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो । 

null

सोही विषयमा जवाफ दिन सोमबार पत्रकार सम्मेलन गरेका मन्त्री अधिकारीले महालेखाले प्रश्न उठाएपनि कानुनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्च अदालतको २७ मंसिर २०७४ को आदेश अनुसार आफूले किस्ता रोक्न सक्ने अवस्था नभएको जानकारी गराए । 

‘म पर्यटनमन्त्रीमा नियुक्त हुनुअगावै वाइडबडी विमान खरिद गर्ने सबै प्रक्रिया अगाडी बढेको थियो । त्यसैले यसको खरिद तथा अनियमिततामा मेरो कुनै भूमिका छैन’, मन्त्री अधिकारीले भने, ‘तर अनावश्यक रुपमा त्यसमा मलाई जोड्ने काम भयो, त्यसमा दुःख लागेको छ।’ 

साथै उनले अख्तियार प्राप्त सबै निकायलाई कानून बमोजिम पारदर्शि र निष्पक्ष ढंगले विस्तृत रुपमा छानविन गरी सत्य तथ्य बाहिर ल्याउन पनि आह्वान गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *