भ्रष्टाचार-अनियमितता विरुद्ध सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

माघ ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचार विरुद्ध प्रतिबद्ध रहेको दाबी गरेका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले विकास र सुशासनका निम्ति भ्रष्टाचार नियन्त्रण र उन्मुलनका लागि पारदर्शिता तथा आर्थिक अनुशासन आवश्यक रहेको बताउँदै यसप्रति सरकार प्रतिबद्ध रहेको दाबी गरेका हुन् । 

‘मैंले पहिलेदेखि नै पटक–पटक दोहोर्याएको छु । अनियमितता, भ्रष्टाचार र देशलाई घाटा तथा नोक्सान पार्ने सम्बन्धमा कुनै प्रकारको सहिष्णुता हुँदैन’, प्रधानमन्त्री ओलीले भने । 

null

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री खगराज अधिकारीले हालै सञ्चार माध्यमहरुमा नेपालमा कालो धनको चलखेल भएको र केही धनाढ्य नेपालीहरुले विदेशी बैंकमा सम्पत्ति राखेको भन्ने समाचार आएको भन्दै यसबारे अविलम्ब छानविन गर्न माग गर्दै सरकारको तयारीबारे प्रश्न गरेका थिए । 

प्रधानमन्त्रीले उक्त प्रश्नको जवाफमा यस्ताे धारणा राखेका हुन् । ‘सरकार भ्रष्टाचार विरुद्ध कानुनको कार्यान्वय र आर्थिक गतिविधिहरु राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ भन्नेमा प्रतिबद्ध छ’, प्रधानमन्त्रीले भने, ‘भर्खरै प्रकाशित कालोधनका सम्बन्धमा सरकारको पनि ध्यानाकर्षण भएको छ । तीनको सत्य तथ्य के हो, सरकारले उपयुक्त माध्यमबाट आवश्यक खोजतलास गरी छानविन, अनुसन्धान गर्नेछ ।’ 

त्यस्तै प्रधानमन्त्री ओलीले देशको सम्पत्ति गैरकानुनी ढंगले बाहिर लाने, विदेशी बैंकमा राख्ने वा नेपालको कानूनविपरिति कतै गएर लगानी गर्ने जस्ता कुराहरु उपयुक्त हुन नसक्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + sixteen =