आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

 

पुस २४, काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त कार्यकारी निर्देशकमा उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका पौडेलले सोमबार नै सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए । 

null

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि उनलाई सरकारले बर्खास्त गरेको थियो । त्यसपछि रिक्त रहेको निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सुशील भट्टराईले सम्हाल्दै आएका थिए । 

वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशकको लागि खुला प्रतिष्पर्धा गराएसँगै आवेदन दिएका मध्ये  अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । तीन जना मध्ये छनाैट गरेर मन्त्रिपरिषदले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेकाे हाे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =