धरानमा चेकजाँच गर्ने क्रममा लागू औषध र हतियार सहित एक पक्राउ

पुस २३ धरान । धरानको तीनकुने जाँच पोष्टबाट खुकुरी र लागुऔषध सहित एकजना पक्राउ परेको छ । इटहरीबाट धरान आउँदै गरेको को २६ प ९४९० नम्बरको मोटरसाइकल चेकजाँच गर्न खोज्दा नरोकी भाग्दा कुकुरसँग ठोकिएर सडकमा लडेकाे थियाे ।  

माेटरसाइकल चालक रामधुनी नगरपालिका वडा नं ५ का निर्मल श्रेष्ठलाई  इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरिएकाे हो । प्रहरीले तत्कालै मोटरसाइकल चालक श्रेष्ठलाई उठाएर चेकजाँच गर्दा उनकाे साथमा भएकाे कालो झोलामा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकलबाट लडेपछी घाईते भएका उनलाई उपचार सँगै अदालतबाट म्याद थप गरी  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

श्रेष्ठको झोलाबाट एउटा खुकुरी र आइफोन मोवाइल फेला पार्नुको साथै डियालेक्स डिसि १०० एमएल १८ बोलत, नाइट्रोसन ट्याब्लेट २ पत्ता (२० पिस), एपास्मोप्रोक्सिभन २ पत्ता (४८ क्याप्सुल) वरामद भएको प्रहरीले जनाएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *