स्याङ्जामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

 

माघ ७, काठमाडौँ । स्याङ्जामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने चार जना पक्राउ परेका छन् । 

किशोरीलाई तनहुँको सिमानामा पर्ने स्याङ्जाको विरुवा गाउँपालिका–५ स्थित छेउडाँडा भन्ने स्थानमा बोलाएर सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका हुन् । 

null

 

पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का प्रशान्त थापा, सोही ठाउँका विजय श्रेष्ठ, अञ्जन श्रेष्ठ र सिन्धुली पिपलमाडी गाउँपालिका–३ घर भई सोही ठाउँ बस्ने विक्रम रहेका छन् । 

घटनाका मुख्य अभियुक्त प्रशान्त थापाको योजनामा स्थानीय ती किशोरीलाई यही माघ १ गते बलात्कार गरिएको प्रहरीले जनाएको छ । 

अभियुक्त थापाले फोन सम्पर्क गरी विभिन्न प्रलोभन देखाएर ती किशोरीलाई उक्त स्थानमा बोलाएका थिए। त्यसपछि ती किशोरीलाई करकापमा पारेर एवं डरत्रास देखाएर थापासहित चार जनाले पालैपालो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उल्लेख गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =