आइएमईका चन्द्र ढकालको दावीः ‘ट्याक्स हेभन मुलुकबाट लगानी ल्याएको छैन’

 

माघ ३, काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आफूहरुले कुनै पनि ट्याक्स हेभन (कर छली) मुलुकबाट लगानी नभित्र्याएको दावी गरेका छन् । 

आज राजधानीमा पत्रकार सम्मेलन नै गरेर आइएमई ग्रुपका अध्यक्षच ढकालले खोज पत्रकारिता केन्द्र (खोपके) ले बुधबार सार्वजनिक गरेको ‘नेपालिक्स–२०१९’ मा आफ्नो नाम जोडिएपछि त्यसको खण्डन गर्दै उक्त कुराको दाबी गरेका हुन् । 

null

पत्रकार सम्मेलनमा ढकालले कुनै पनि स्वीस बैंकमा आफ्नो कम्पनीको खाता नरहेको र ट्याक्स हेभन मुलुकमा आफ्नो कम्पनी समेत दर्ता नगरेको जिकिर गरे । 

‘हाम्रो कुनै पनि स्वीस बैंकमा खाता छैन, हाम्रो कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैनन् र हाम्रो समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी आएको छैन् ।’ अध्यक्ष ढकालले भने, ‘प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्बन्धित कुनै पनि कम्पनीको नाम कहिंकतैबाट जोडिएको छैन ।’ 

बेलायतमा कम्पनी खोलिएको प्रसंगमा उनले राष्ट्र बैंकबाटै स्वीकृति लिएर खोलेको बताएका छन् । ढकालले कानुनले दिएका अधिकारहरु प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको कम्पनीको विषयलाई जोडेर आफूमाथि भ्रम सिर्जना गर्न खोजिएको जिकिर गरे । 

ढकालले नेपालमा निजी कम्पनी स्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट स्वदेशमा रेमिट्यान्स भित्र्याउने यात्रा सुरु गरे लगत्तै बेलायत लगायत अन्य देशहरुबाट पनि कारोवार गर्नका लागि १७ जुन २००२ मा नेपाल राष्ट बैंकबाट स्वीकृती लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना गरेको दावि गरेका छन् । 

‘यी कम्पनी स्थापना गर्नका लागि नेपालबाट लगानी बाहिर लगेको पनि होइन् । हामीले त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनी मार्फत बेलायत सँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका हौं ।’ उनले भने । 

ढकालले आफुहरुले विगत १८ वर्षदेखि अवैध च्यानल मार्फत नेपाल आउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत रेमिट्यान्स ल्याउन गरेको पहललाई नजर अन्दाज गर्न नमिल्ने बताएका छन् । 

अध्यक्ष ढकालका अनुसार आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएको हो । 

‘कम्पनी सुरुवात गरेपछि म (चन्द्रप्रसाद ढकाल) त्यो कम्पनीको सञ्चालक बनेको हुँ र २० जुलाई २०१० मा मैले त्यो कम्पनीबाट राजिनामा दिएको हुँ ।’ उनले पत्रकार सम्मेलनमा भने । उनका भाई हेमराज ढकालको सन्दर्भमा उनी गैरआवासिय नेपाली भएको र उनले सन् ९० को दशकदेखि जापान, मलेसिया, बेलायत लगायतका देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेश हेर्दै आएको बताइएको छ । 

कम्पनीमा संलग्न कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भएपनि उनीहरुको अहिलेको राष्ट्रियता बेलायती भएकालेले उनीहरुले बेलायतमा कम्पनी स्थापना गर्दा र सञ्चालन गर्दा नेपालले आपत्ती जनाउनु नपर्ने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =