जापान निःश्वार्थ सहयोग गर्ने घनिष्ठ मुलुकः परराष्ट्रमन्त्री

 

पुस २३, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताएका छन् । 

केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका बेला त्यहाँ भएका भेटघाट र कुराकानीबारे प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जानकारी गराउँदै उनले भ्रमणका क्रममा भएको छलफलपछि नेपाली श्रमिकका लागि जापानी श्रम बजारमा रोजगारी खुला भएको जानकारी दिए । 

null

नेपालको विकासको प्रमुख साझेदारको सूचीमा रहेको जापानको आर्थिक एवं प्राविधिक सहयोगमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, उदयपुर सिमेण्ट कारखाना, कुलेखानी जलविद्युत् आयोजना, बनेपा– बर्दिवास बिपी राजमार्ग निर्माण भएका हुन् । 

नागढुङ्गा–नौबीसे सुरुङमार्ग पनि जापान सरकारको सहयोगमा निर्माण हुने अर्को महत्वपूर्ण परियोजना हो । कृषि तथा मत्स्यपालनमा पनि जापानले नेपाललाई सघाउ पु¥याउँदै आएको छ । 

मन्त्री ज्ञवालीले भने ‘भ्रमण समयमा दुवै देशका लगानीकर्तासँग भएको छलफलमा नेपाल राजनीतिक स्थायित्व कायम भई लगानीको चरणमा प्रवेश गरेको र लगानीको वातावरण बनिरहेका बारेमा जानकारी गराएको छु ।’ 

सन् १९८३ पछि अमेरिकी सरकारको निमन्त्रणामा विदेशमन्त्रीको हैसियतले भ्रमणका अवसर पाउनुलाई सुखद् क्षणका रुपमा लिएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँ भएका विभिन्न भेटघाटमा अन्तरराष्ट्रिय, क्षेत्रीय र द्विपक्षीय हित र चासोका विषयमा गहन विचारविमर्श भएको जानकारी दिए । 

विगतमा नेपालबाट औलो उन्मूलन गर्ने कार्यमा विशेष योगदान पु¥याएको अमेरिकाले सहस्राब्दी विकास लक्ष्य पूरा गर्न सहयोग पु¥याउने सन्दर्भमा नेपालमा विद्युत् प्रसारण लाइन विस्तार र सडक पूर्वाधार निर्माणका लागि पाँच वर्ष अवधिमा खर्च गरिसक्ने गरी ५० करोड डलर सहयोगको घोषणा गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =