नेवा देय दवुद्वारा पञ्चकन्या मन्दिर परिसरमा पानी ट्याङ्की हस्तान्तरण

 

पुस २१, धरान । बृद्धिकर्णहाङको ऐतिहासिक स्थलको रुपमा चिनिएको धरान १४ विजयपुर दरबार क्षेत्र अन्तर्गत पञ्चकन्या मन्दिर क्षेत्रमा पानीको समस्या समाधान हुने भएको छ । 

धार्मिक तथा ऐतिहासिक सो क्षेत्रमा आउने पर्यटक तथा पुजापाठ गर्नै भक्तालुहरुका अति आवश्यक पर्ने पानीकै समस्या देखिएपछि नेवा संस्कृति उत्थान मञ्चको समन्वय नेवा देय दवु, केन्द्रीय जिल्ला तथा नगरको सहभागीता र झिगु समाजको सहयोगमा सो समस्याको समाधान हुने भएको हो । 

null

सो क्षेत्रमा वि.स. २०७२ सालमा पानी ट्याङ्की निर्माण गरि ०७३ सम्म विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानी दिँदै आएको थियो । तर ०७३ सालपछि भने प्रतिष्ठानले सो टयाङकीमा पानी दिन छोडेको थियो । 

बिजयपुर ऐतिहासिक दरबार क्षेत्रमा निर्माण गरिएको पानी ट्याङकीमा दवुको सहयोगमा दुई सय मिटर तल सोही क्षेत्रबाट जमिनमा नै उम्रेको पानी पम्पसेट मार्फत् तानेर ट्याङ्कीमा खसाल्न मिल्ने बनाएपछि पहिलेको समस्या समाधान भएको हो । 

 

पर्यटक तथा पुजापाठ गर्ने श्रद्धालु भक्तजनहरुका लागी पानी अति आवश्यक देखिएकाले मञ्चले सो कार्य थालनी गरेको नेवा देय दवु सुनसरीका संयोजक बसन्त कुमार श्रेष्ठले जानकारी दिए । 

योसँगै दवुले पञ्चकन्या मन्दिर परिसरमा एक कार्यक्रमका बीच पानी ट्याङकी हस्तान्तरण गरेको छ । जहाँ धरान १४ नं वडाका अध्यक्ष कृष्ण भट्टराईकै रोहबरमा पानी ट्याङकी मर्मत सम्भारका साथै रेखदेख हुने गरी जिम्मा लगाइएको थियो । 

कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले नेवा दय दवुले गरेको कार्यको प्रशंसा गरे । उनले आगामी दिनमा आफ्नो व्यक्तिगत तवर र संस्थागत रुपमा हुन सक्ने सहयोगका लागि आफू निरन्तर लागिपर्ने कुरामा जोड दिए । 

नेवा संस्कृति कला पुञ्ज धरान नगर अध्यक्ष श्रीकिबा गुभाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक नबिन किशोर टमोट, नेवा देय दवुका केन्द्रीय सदस्य अनिल मास्के, लक्ष्मी शाक्य, मिसा दवुकी केन्द्रीय सदस्य ईन्दु श्रेष्ठ, सुनसरी जिल्ला अध्यक्ष तीर्थ मास्के, रुद्रराम स्मृति प्रतिष्ठनका अध्यक्ष ममता तमोट लगायत सदस्यहरुको उपस्थित रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *