दुई लाख बढीको भन्सार छलीका सामान बरामद

 

पुस १८, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले करिब दुई लाख २० हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । 

चन्द्रागिरि–२ नागढुङ्गा चेक प्वाइन्टमा सवारी चेकजाँचमा खटिएको प्रहरी टोलीले २ लाख २० हजार रुपैयाँ बराबरको भन्सार छलीको चुरोट, रजनी गन्धा, सुत्ती, लत्ताकपडा, खेलकुद सामाग्री लगायत बरामद गरेको हो । 

null

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार बरामद सामानको धनी फेला परेका छैनन् । 

सामानहरुबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको डिएसपी थापाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *