किन स्थगित भयो प्रधानमन्त्रीको संसद सम्बोधन ?

 

पुस १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । 

गत पुस ११ गते सुरू भएको संसदको हिउँदे अधिवेशनलाई पहिलो पटक प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएपनि अन्तिम समयमा आएर स्थगित भएको हो ।  

null

वाइड बडि घोटाला प्रकरणबारे सार्वजनिक रुपमा केही नबोलेका प्रधानमन्त्री ओलीले आजको बैठकमा सम्बोधनको क्रममा यसबारे बोल्ने अनुमान गरिएको थियो तर प्रधानमन्त्रीको व्यस्तताका कारण सम्बोधन आइतबारका लागि सारिएको हो । 

नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे छानबिन गर्न सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै पूर्व दुई मन्त्री र बहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सचिवहरुलाई कारवाही सिफारिस गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *