ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका मनाङेको सपथ रोकियो

 

पुस २२, काठमाडौँ । गण्डकीको प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे‘ को सपथ रोकिएको छ । 

सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि एक साताअघि मनाङेले आफूलाई सपथ खुवाउन माग गर्दै सभामुख कार्यालयमा निवेदन दिएका थिए । 

null

आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख दलका नेताहरुले मनाङेलाई शपथ गराउनु गैर कानुनी भएको जिकिर गरेपछि ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका मनाङेको सपथ रोकिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए। 

गत बिहीबार गुरुङले निवेदन दिएपछि शुक्रबार यसबारे छलफल गर्न संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएको भन्दै बैठकले औपचारिकता पाएको थिएन। 

मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो। त्यसपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए। 

गत वर्ष मंसिरमा भएको चुनावमा मनाङ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका उमेद्वार कर्म गुरुङलाई हराउँदै स्वतन्त्र उमेद्वार गुरुङ निर्वाचित भएका थिए। 

यसअघि प्रतिनिधि सभामा कैलाली-१ बाट निर्वाचित भएका तर टीकापुर घटनामा संलग्न भएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई बिहीबार सपथ खुवाइएको थियो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *