मनराम–एसकाज पत्रकारिता पुरस्कार शाक्यलाई दिने घोषणा

 

पुस २०, काठमाडौ । संखुवासभामा लामो समयदेखि निरन्तर पत्रकारितामा सलग्न रहेका दीपेन्द्र शाक्यले यस वर्षको ‘मनराम– एसकाज पत्रकारिता पुरस्कार’ प्राप्त गर्ने भएका छन् । मनराम प्रतिष्ठान र संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज)ले संयुक्तरुपमा स्थापना गरेको पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ । 

शाक्य हाल सखुवासभामा रहि कान्तिपुर मिडिया गु्रपका उपसम्पादक र रेडियो सखुवासभाका स्टेशन म्यानेजरका रुपमा कार्यरत छन् । एक दशकदेखि पत्रकारितामा लागेका शाक्य जुजारु, मेहनती र इमान्दार पत्रकारका रुपमा चिनिन्छन् । निरन्तर पत्रकारिता क्षेत्रमा रही संखुवासभा जिल्लाको विकास, निर्माण, राजनीतिक, सामाजिक, पर्यटन, व्यापार व्यवसाय लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वापत शाक्यलाई उक्त पुरस्कार दिने निर्णय गरिएको एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए। 

null

शाक्य मनराम–एसकाज पत्रकारिता पुरस्कार पाउने तेश्रो पत्रकार हुन् । संखुवासभाका पत्रकार गंगा विष्टले पहिलो वर्षको र इन्द्र गिरीले दोश्रो बर्षको पुरस्कार पाइसकेका छन् । संखुवासभाका स्व. रामबहादुर श्रेष्ठ र मनमाया श्रेष्ठद्धारा स्थापित शिक्षा तथा सामाजिक क्षेत्रमा कार्यरत संस्था मनराम प्रतिष्ठान हो । 

पत्रकारको मनोवल बढाउन र संखुवासभाको विषयमा कलम चलाउन उत्प्रेरणा थप्न पाएकोमा प्रतिष्ठानका अध्यक्ष सुजन कुमार श्रेष्ठले एसकाज सँगको सहकार्य अझै अगाडि बढाउँदै जाने बताएका छन् । पुरस्कार आगामी माघ ८ गते मंगलबारका दिन काठमाडौमा प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *