पाटन दरवार स्क्वायरको अवलोकन गर्दै प्रधानमन्त्रीले भने, ‘पुननिर्माण तिव्रताका साथ अघि बढेको छ’

 

माघ २, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरोहरको पुननिर्माणको काम तिव्रताका साथ अघि बढेको बताएका छन् । 

राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा बुधबार ललितपुरको पाटनमा ऐतिहासिक धरोहरको पुननिर्माणको कामको अवलोकन गर्दे प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

null

बुधबार पाटन दरवार स्क्वायरको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताए । ‘भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचनाहरु भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौं,’ प्रधानमन्त्रीले भने । 

पुरात्वात्विक कलालाई महत्व दिँदै ठिक ढंगले पुननिर्माणको कार्य भइरहेको भन्दै प्रधानमन्त्री ओलीले यसमा आम जनता, स्थानीय तह लगाएतको उत्साहजनक सहभागीता पाएको जिकिर गरे । 

प्रधानमन्त्री ओलीले प्रकोपको क्षतिलाई न्युनिकरण गर्न सचेतना कार्यक्रमलाई पनि सरकारले छिटै अघि बढाउने धारणा राखे । 

प्रधानमन्त्री ओलीलाई पाटन दरवार स्क्वायर क्षेत्रमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन लगायतले स्वागत गरेका थिए । 

बैशाख १२ को विनाशकारी भूकम्पबाट दरबार स्क्वायरका विश्वनाथ र भीमसेन मन्दिर, मणिमण्डप पाटी, हरिशंकर, विश्वनाथ, कृष्ण, चार नारायण मन्दिर, बहादुर शाह भवन र आँगन घरमा पूर्ण क्षती पुगेको थियो । क्षति भएकामध्ये केहि सम्पदा पुननिर्माण भइसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *