आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा
२०७५ पुस २३ गते

पुस २३, काठमाडौँ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोडा ६६ लाख रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
null
खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
खड्काको १८ करोड ६६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको विगो मागसहित आयोगले मुद्दा दर्ता गरेको हो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना तथा बिगो भाराउन माग गरेको छ।
२०७५ पुस २३ गते
प्रतिक्रिया








