चार किलो सुनसहित पक्राउ परेका तीन जनाको परिचय खुल्यो
मकालु खबर
२०७५ पुस २० गते
पुस २०, काठमाडौँ । धादिङको गजुरीबाट चार किलो सुनसहित पक्राउ परेका तीन जनाको परिचय खुलेको छ ।
बिहिबार राति सवा १० बजेतिर चार किलो सुनसहित पक्राउ पर्नेमा रसुवाका २७ वर्षीय अजित वाइबा, नुवाकोट तार्केश्वरी गाउँपालिकाका २२ वर्षीय सुरेन्द्र तामाङ र २४ वर्षीय विकास तामाङलाई चार किलो सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
null
उनीहरु सवार बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीन जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।
मकालु खबर
२०७५ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित