हँसियाले घाँटीमा हानेर हत्या

पुस २३, बेझाड । रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन् । 

आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच आपसी झपडा हुँदा सो घटना घटेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

घटनामा संलग्न मनोज थापालाई गएराती पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिं रानाले बताए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *