मन्त्री अधिकारीले भने, किस्ता भुक्तानी नदिएको भए निगम टाट पल्टिन्थ्यो

 

पुस २३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायु सेवा निगमको वाइडबडी खरिद अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । 

सोमबार पत्रकार सम्मेलन गरेका मन्त्री अधिकारीले आफ्नो सन्दर्भमा संसदीय उपसमितिले दिएको प्रतिवेदनबारे प्रष्टिकरण दिँदै जहाज खरिद प्रक्रियामा विभागीय मन्त्रीको हैसियतले पाउने नैतिक जिम्मेवारी बाहेक अन्य संलग्नता नरहेको बताए । 

null

नेपाल बायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाज खरिदमा आफूले काुनन बमोजिम काम गरेको र त्यसमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो कहिँकतै संलग्नता नरहेको उनको जिकिर छ । 

निगमका वाइडबडी खरिद सम्बन्धी प्रकृया २०७१/७२ बाटै सुरु भएको भन्दै त्यहिबेलाको बजेट वक्तव्यबाटै बजेट बिनियोजन हुँदै आएको उनले सुनाए । 

खरिद बिक्री सम्झौता अनुसार नै आफूले भुक्तानी तालिका कार्यान्वयन गरेको जिकिर गर्दै बाँकी किस्ता भुक्तानी नगरेको अवस्थामा निगमको ९ अर्ब रुपैयाँ जोखिममा पर्ने तथा निगम टाट पल्टने अवस्था रहेको दाबी गरे । 

उनले आफूमाथि उपसमितिले लगाएको आरोप अनुमान तथा पूर्वाग्रहका आधारमा भएको गुनासो गरे । 

अधिकारले जहाज खरिद प्रक्रियामा अधिकार प्राप्त निकायलाई छानबिनका लागि आग्रह गर्नुका साथै अनुसन्धानका क्रममा मन्त्रालयका कोही कर्मचारी दोषी पाइए कडा कारबाही गरिने पनि बताए । 

लेखा समिति अन्तर्गतको उपसमितिले आफ्नो प्रतिवेदनमा वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको भन्दै बहालवाला मन्त्री अधिकारीसहित दुई पूर्व मन्त्री र मन्त्रालयका सचिव लगायतलाई कारवाहीको सिफारिस गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *