दीपक मनाङेले प्रदेश सांसदको सपथ लिए

 

माघ १४, काठमाडौँ । प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ अर्थात् दीपक मनाङेले प्रदेश सभा सदस्यको शपथ ग्रहण गरेका छन्। 

सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् । 

null

सर्वोच्च अदालतको आदेश अनुसार मनाङे केही दिनअघि रिहा भएका हुन्। रिहा भएलगतै मनाङेले विशेष कारणले सपथ ग्रहण लिन नपाएको भन्दै शपथका लागि प्रदेश सभामा निवेदन दिएका थिए। 

मनाङेलाई शपथ ग्रहण गराउने कि नगराउने बिषयमा लामो छलफलपछि शपथ गराएको हो। 

२७ हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका मनाङे सपथका लागि सोमबार नै काठमाडौंबाट आएका हुन् । 

२०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा मनाङेसहित गणेश लामा, उमेश लामा, रेवत कार्की र रमेश सुनुवारलाई लाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *