बिगत केहि समय देखी २ किशोरी बेपत्ता

पुस १९, घोराही । घोराही उपमहानगरपालिकाको विकट वडा नं १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन् । घरायसी सामान किन्न करीब १५ किलोमिटर टाढा घोराहीबजार आएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले जनाएको छ । 

बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई चिनेजानेका र आफन्त बसेका सबैतिर खोज्दा पनि नभेटेपछि खोजी गरिदिन सार्वजनिक अपिल गर्नाका साथै प्रहरीमा निवेदनसमेत दर्ता गराएका छन् । किशोरी बेपत्ता हुँदा परिवार तनावमा छन् । 

यस्तै तुसीपुर–१० की सुशीला खड्का पनि गत कात्तिक २७ गतेदेखि परिवारको सम्पर्कमा नआएको भन्दै आमा पीमा वलीले प्रहरीमा जाहेरी गरेकि छिन् । उनी पनि लामो समयसम्म छोरी सम्पर्कमा नआएपछि खोजी गरिदिनका लागि एक विज्ञप्ति जारी गरेकि छिन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =