रेशम चौधरीको शपथमा तरुण दल र विश्वप्रकाशको यस्तो विरोध

 

पुस १९, काठमाडौँ । नेपाली कांग्रेको युवा संगठन नेपाल तरुण दलले रेशम चौधरी सपथ प्रकरणमा आपत्ति जनाएको छ । 

हत्या आरोपमा जेल सजाय भोगिरहेका अभियुक्त चौधरीलाई सांसद पदमा सपथ गराएर हत्या गरिएका निर्दोष नागरिकका परिवारलाई थप पीडा दिएको आरोप लगाएको छ । 

null

बिहीबार विज्ञप्ति जारी गर्दै तरुण दलले चौधरीलाई कानून विपरीत जेलबाट निकालेर सांसद पदको सपथ गराउनुले संविधान, कानूनी शासनको उलंघन हुनुका साथै लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको भन्दै सरकारलाई त्यो नगर्न सचेत गराएको छ । 

चौधरीलाई सांसद पदमा सपथ गराउनुले कानूनी राज्यको उपहास भएको बताएको छ । 

‘२०७२ भाद्र ७ गते टीकापुरमा भयको निर्मम र बर्बरतापूर्ण हत्याकाण्डमा मारिएका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याको मुख्य दोषीको रुपमा कारबाही गर्नुको साटो उल्टै सम्मानस्वरुप सपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहीनता र कानुनी राज्यको उपहास गरेको छ’, महासचिव भुपेन्द्र जंग शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई शपथ दिने तयारी गरी कानुनी राज्यको खिल्ली उडाएको आरोप लगाए । 

शर्माले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसको विरोध जनाउँदै लेखेका छन्, ‘संवैधानिक सर्वोच्चता साझा सहमति र मुलुकको अग्रगतिको मुल बाटो हो। निश्चित दल विशेषको सरकारलाई गणितीय बल थप्ने नाममा यो दायरा उल्लंघन गरिनु नैतिक र राजनैतिक दुवै कोणबाट गलत छ। अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपिलाई ताजपोशी गराउने तयारीले कानुनी राज्यको खिल्ली उडाएको छ !!’ 

कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते एक बालकसहित सात प्रहरीको हत्या मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले आज सांसद पदको सपथ लिँदैछन् । 

उनीमाथि टीकापुर घटनाको मुख्य योजनाकार रहेको आरोप छ र उनी फरार भएका कारण शपथ हुन सकेको थिएन । उनलाई गएको फागुनमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =