पृथ्वीबाट नदेखिने भागमा सफल अवतरण भयो चीनको अन्तरिक्ष यान

 

पुस १९, काठमाडौँ । चीनले चन्द्रमाको चन्द्रमाको हालसम्म अध्ययन नगरिएको क्षेत्र (पृथ्वीबाट नदेखिने भाग) मा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको जनाएको छ । 

चाँग इ–४ नामक उक्त यान चन्द्रमाको दक्षिणी ध्रुव–एटकेन बेसिनमा नेपाली समयअनुसार बिहान ८ बजेर ११ मिनेटमा अवतरण भएको हो । 

null

उक्त यानमा सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण रहेको बताइएको छ । 

अहिलेसम्म चन्द्रमामा जति अवतरण गरिएको थियो, ती सबै पृथ्वीबाट देखिने स्थानमा मात्रै थिए। अहिलेसम्म जान नसकेको स्थानमा यो अवतरण भएको हो। 

 

अन्तरीक्ष अनुसन्धानको क्षेत्रमा यो महत्वपूर्ण कोषेढुंगा बन्ने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । 

यस सफलतालाई चीनको अन्तरिक्ष प्रवद्र्धनका साथमा काम गर्ने मकाऊ यूनिभर्सिटीका प्रोफेसर झो मेंगुआले यसको सफताले चीन सुदुर अन्तरिक्षको खोजीको मामिलामा निकै अगाडी बढेको बताए । 

चीन २०२२ सम्ममा आफ्नो तेस्रो अन्तरिक्ष केन्द्र गर्ने सुरु गर्ने योजनामा छ । चीन यो दशकको अन्त्य सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन चाहन्छ । यो बाहेक एउटा मिसनको लागि मंगलको धर्तीबाट माटो लिएर आउने पनि योजनामा चीन छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *