धरानमा सुविधा सम्पन्न होटल खुल्ने क्रम जारी

पुस १८, धरान । विकासका पूर्वाधारहरु बढ्दै जाँदा सुनसरीको धरान क्षेत्रमा सुविधा सम्पन्न होटलहरु खुल्ने क्रम बढेको छ । भर्खरैै मात्र धरान ७ मा अर्को एक सुविधा सम्पन्न होटल थपिएको छ भने त्यसको उद्धघाटन आउँदो माघ २ गते हुँदैछ । 

 

यातायात मजदुर संगठनका धरान नगर ईन्चार्ज रबिन्द्र अधिकारीले होटल सन्ध्या ईन नामक होटल धरान ७ को बुद्ध मार्गमा सञ्चालनमा ल्याउन लागेको हो । बुधबार होटलको बैठक हलमै पत्रकार सम्मेलन गरी सञ्चालक अधिकारीले करिव डेढ करोडको लगानीमा सो होटल खोलिन लागेको हो । यस होटलका सबै कोठाहरुमा व्यवस्थित तथा बस्ने व्यक्तिहरुलाई होटल प्रयोगका लागी चाहिने समग्री राखिएको जानकारी होटल सञ्चालकले दिए स्तरीय होटल खोल्ने क्रम बढे संगै होटलमा लगानी गर्नेहरुको जमात समेत सुनसरीको धरानमा बढेको छ । होटलमा लगानी बढेसँगै रोजगारको सम्भावना पनि उत्तिकै बढेको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले लगानी बढाउँदै पुराना होटलको स्तर उन्नतीका साथै स्तरिय सेवा प्रदान गर्नका लागि निर्माण गरिएका अत्याधुनिक होटलहरु खोल्ने क्रम बढेको लगानी कर्ताहरुको भनाई छ । 

null

यता सुनसरीको ईटहरी, धरान, तथा आसपासका क्षेत्रमा सयाैँ भन्दा बढी स्तरिय होटलहरु रहेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले जनाएको छ यी र यस्ता होटलहरुमा अरबाैँ लगानी भएको समेत संघको बुझाई छ । यसका अलावा सुनसरी जिल्लामा प्रत्येक बर्ष होटल तथा रेष्टुरेण्ट थपिने क्रम पनि जारी छ । 

धरानमा स्तरिय होटलका रुपमा रत्ना ईन, ड्रिमल्याण्ड, कञ्चनजंङ्गा, धरान किचन, गोर्खा किचन, होटल नवयुग, होटल छेक्ष, होटल आँगन, होटल मायाबी, होटल भीन्टेज, भाईब्स, एम एच बीबी क्यु, लगायतका होटलहरु सञ्चालनमा रहेका छन् । 

स्तरिय होटलहरु खुल्ने क्रम बढेपनि धरान क्षेत्रमा तारे होटलहरु अझैँ सम्म पनि सञ्चालनमा आएको छैनन् । व्यवसायीहरुका अनुसार यस क्षेत्रमा कम्तिमा पनि २ देखी ४ तारे होटलहरु आवश्यक रहेको छ । उता धरानका पुरानो होटल भएका स्थानहरुमा अझैँ पनि पार्किङ समस्या भने रहेको छ । बढ्दो शहरीकरण सँगै सडक किनारमै पार्किङ गर्नेहरुको क्रम बढेको छ भने स्तरिय होटलहरुले पार्किङ व्यवस्थापन गरेपनि पुराना होटलहरुमा भने यो समस्या जस्ताको त्यस्तै रहेको छ । 

पार्किङ स्थान नहुँदा होटलमा जाने जोकोही पनि सडक क्षेत्रमै सवारी पार्किङ गरी जानुपर्ने बाध्यता रहेको स्वयम् होटल व्यवसायीहरुकै भनाई छ । त्यस्तै होटल व्यवसायीहरुले महङ्गो घरभाडा, व्यवसायीले घरभाडा तिर्नुका साथै घर कर पनि तिर्नुपर्ने समस्या भएको बताएका छन् । 

त्यसबाहेक बेला–बेलामा प्रहरी प्रशासनले अनावश्यक ढंगले दुःख दिने, खानेपानीको समस्याका कारण व्यवसाय सहज रुपमा गर्न नसकिएको अवस्था धरानमा पनि देख्न सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *