अन्तिम निर्णय नआएसम्म कसैलाई भ्रष्टाचारी भन्न मिल्दैन: मन्त्री बाँस्कोटा

 

पुस १९, काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वाइडबडि विमान खरिद प्रकरणको प्रतिवेदनमा असन्तुष्टि जनाएका छन् । 

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले वाइडबडि घोटाला प्रकरणबारे सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले सार्वजनिक गरेको छानविन प्रतिवेदनप्रति आफू सन्तुष्ट नरहेको बताए । 

null

‘लेखा समितिलाई प्रतिवेदन बुझाउनु पर्नेमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरियो, उपसमितिको सिफारीस अन्तिम फैसला होइन, सरकारले आवश्यक ठानेमा अर्को छानविन समिति गठन गर्छ’, मन्त्री बाँस्कोटाले भने । 

छानविन उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी ‘ए ३००’ नामक दुई जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको र दोषीलाई कानून बमोजिम हदै सम्मको कारवाही गर्न सिफारिस दिएपछि सञ्चार मन्त्री बाँस्कोटाले यस्तो धारणा राखेका हुन् । 

उनले अन्तिम निर्णय नआएसम्म वाइडबडी प्रकरणमा कसैलाई पनि भ्रष्टाचारीको आरोप लगाउन नमिल्ने बताए । 

त्यस्तै प्रवक्ता बाँस्कोटाले रेशम चौधरी शपथ ग्रहणको विषयम कानून बमोजिम सजाय भोग्नुपर्ने भन्दै टीकापुर घटनामा दोषी देखिएपनि उनी प्रचलित कानून अनुसार सांसद भएको र कानून अनुसार नै जेलमा बस्नुपर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *