यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

रोल्पा। लुंग्री गाउँपालिका–३ जुतुङखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुलिचौरबाट सिर्पतर्फ गइरहेको ग १ ख ५५११ नम्बरको बस साँझ ६ बजे दुर्घटनामा पर्दा चालकसहित एक बालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा चालक प्युठान सारी–५ का २४ वर्षीय नमराज आले र लुंग्री–३ जुतुङखोलाका ११ वर्षीय नितेश विश्वकर्मा रहेको  जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दिपक खड्काले जानकारी दिए। 

दुर्घटनामा चार जना घाइते गम्भीर घाइते भएको छन्। उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर उपचार भइरहेको छ। बस  सडकबाट करिव १०० मिटर तल खसेको प्रहरीले बताएको छ। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *