सामाखुशीमा माइक्रोकाे ठक्करबाट १ को मृत्यु

पुस २३, काठमाडौँ । सामाखुशीमा माइक्रोबसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दिउँसो ११ः४५ बजे चक्रपथ हुँदै बौद्ध जोरपाटी चल्ने बा १ज ९७६६ नंको माइक्रोको ठक्करबाट धूम्रबाराही बस्ने ५५ वर्षीय सीता दाहालको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारका क्रममा अल नेपाल अस्पताल सामाखुशीमा मृत्यु भएको जानकारी जानकारी दिए । 

दुर्घटनामा कोटेश्वर बस्ने सरिता अधिकारी, उनका श्रीमान् सुशील अधिकारी, अल नेपाल अस्पतालमा कार्यरत नर्स सपना राई र लक्ष्मी सापकोटा घाइते भएका छन् । घाइतेमध्ये सापकोटा गम्भीर भएको कार्कीले बताए । दुर्घटना गराउने माइक्रोबस र उक्त बसका चालक रामेछापका ४० वर्षीय टङ्कराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =